रुपन्देहीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाब

– उमाकान्त पाण्डे गाउले – बुटवल

लगातार परेको बन्दका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाब भएको छ । बन्दका कारण सवारीसाधन नचले पनि अत्यन्त जरुरीका साधनका लागि आवश्यक पर्ने डिजेल पेट्रोलको अभाब सुरु भएको छ । त्यस्तै घर घरमा खाना पकाउन प्रयोग गरिने एलपी ग्यासको समेत कृत्रिम अभाब हुन लागेको छ । जेष्ठ १४ सम्म लगातार बन्द हुने सकेंत पाएका ब्यापारीहरुले गोदाम भरेर स्टकमा राखी महगोंमा बिक्री गर्ने उद्देस्यले ग्यास लुकाइ राखेका कारण ग्यासको अभाब भएको हो ।

बजारमा ग्यास पाउन छाडेपछी उपभोत्ता मर्कामा परेका छन । व्यवसायीले भाउ बडाउनका लागि ग्यास लुकाएर राख्ने गरेको उपभोत्ता हित सम्रक्षण मन्च रुपन्देहीका अध्यक्ष नर्बु लामाले बताउनु भयो । व्यवसायीले उपभोत्तासग जुन सिलिण्डर छ त्यो आफुहरु सँग नभएको भन्दै उच्च मुल्यमा नयाँ सिलिण्डर भिराउने गरिरहेको समेत उहाले बताउनुभयो। उहाले भन्नुभयो “बन्दको समयमा उपभोत्तालाई पर्ने असुबिधा बुझेर ब्यापारीहरुले कालो बजारी गर्छन् , तर अनुगमन गर्ने सरकारी निकाय मौन छ”।  अध्यक्ष लामाका अनुसार उपभोत्ताले इन्धन पाए नपाएको हेर्न अनुगमन गर्ने जिम्मा उपभोत्ता एन २०५४ – ०५६ ले जिल्ला प्रशाशन कार्यलयलाई दिएको हुन्छ । एनमा उल्लेख भए अनुरुप कालोबजारीको अनुगमन गरी त्यस्तो गरेको भेट्टाएमा कारबाही गर्ने पूर्ण अधिकार प्रशासन लाई छ , तर यहाँ अनुगमन गर्ने निकाय फितलो भएका कारण उपभोत्ता मर्कामा परेको अध्यक्ष लामाले बताउनु भयो ।

ब्यापारीहरुले बैशाखको अन्तिम साता बाट ग्यास लगायत इन्धन स्टक गरी गोदाम भरेर राखेका छन तर आबश्यक परेकालाई  ग्यास नभएको बताउने गरेको उपभोत्ताको गुनासो रहेको छ । व्यवसायीले उपभोत्ता सग भएको ग्यास आफुहरुसग नरहेको भन्दै उल्टै थर्काउने गरेको उपभोत्ता बिष्णु कुमार चौधरीले गुनासो गर्नु भयो ।

व्यवसायीले बन्दको समयमा बजार नखुलेको तथा सवारी साधन नचलेकोले ग्यासको आपुर्ती नभएको बताउने गरेका छन । तर सरकारी निकायले उपभोत्तालाई आबश्यक पर्ने भन्दा २५ प्रतिशत बढी ग्यास आपुर्ती हुने गरेको बताउने गरेको छ । बुटवल मिलनचोकमा रहेको किरण सप्ल्यार्सका संचालकले फोन नै अफ गरी बस्न लागेको उपभोत्ताको गुनासो छ । बन्द हुन भन्दा अघी २६ गते बैशाखमा दुई तीन गाडी ग्यास ल्याएको मेरै आँखाले देखेकी हुँ, तर अहिले ग्यास छैन भन्छन अचम्म छ , उपभोत्ता सरिता गैरेले बताउनु भयो।
 
मिलनचोकमै रहेको न्यौपाने ग्यास सप्लायर्सका संचालक ढाकाराम न्यौपानेले उपभोत्ताको अधिकतम फोन आउने गरेको तर आफुहरु सँग ग्यास स्टकमा नरहेको जानकारी दिनुभयो । उहाले भन्नुभयो “लगातार बन्द छ , आपुर्ती छैन ग्यास पनि हुने कुरो भएन , तपाईं आँफै बुझ्नुश।”

उता बुटवलको राजमार्ग चौराहमा रहेको शुलभ भाडा तथा ग्यास सप्लायर्सले पनि आफुहरु सँग ग्यास नभएको बताउने गरेको छ । बिशेष स्रोतका अनुसार सप्लायर्सले पसलमा ग्यास नराखी बुटवलकै अर्को ठाउँमा गोदाम बनाइ ग्यास राख्ने गरेकाले अनुगमन गर्दा पनि नभेटिने दावी छ ।

वाणिज्य विभाग र गुणस्तर तथा नापतौल विभाग लगायतका संस्थाहरु पनि निदाएर बसेका कारण उपभोक्ताहरु चरम इन्धनको अभावमा रुमलिनु परेको उपभोत्ता हित सम्रक्षण मन्च रुपन्देहीका अध्यक्ष नर्बु लामाको भनाइ रहेको छ । राजनितिक तरलताको फाईदा व्यवसायीले उठाउन लागेका छन , मनमानी बजार भएकोले पनि ग्यासको अभाबले चरम रुप लिउन लागेको लामाको भनाइ रहेको छ ।

उहाका अनुसार व्यापारीले एउटै मात्र ट्रेडमार्क ग्यास सिलिन्डर राख्नु पर्ने तर मनमानी बजार भएकाले सबै उत्पादन राख्ने गरेका छन , तर उपभोत्ताले चाहेको समयमा उपलब्ध हुन गार्हो छ । बन्दमा दुई चार दिन लुकाउन सकिए चार पाच सय मुल्य बढाउन सकिने भएकाले पनि ब्यापारीहरुले ग्यास लुकाएर राख्ने गरेको अध्यक्ष लामाले बताउनु भयो ।

गुणस्तरको त कुरै नगरौ सहज आपुर्ती भए त राम्रै हुन्थ्यो तर यहाँ त लुकाएर राख्ने – भित्र भित्र चर्को मुल्य अशुल गरेर ग्यास बिक्री गर्ने अध्यक्ष लामाले दावी गर्नु भयो। हामीले यस् सम्बन्धमा दर्जनौ पटक प्रशासनलाई भनेका हौ तर सुनुवाई भएन लामाले बताउनु भयो।” अहिले पनि प्रशाशनले अनुगमन गर्ने हो भने सबै सप्लायर्समा ग्यास भेटिन्छ तर प्रशासन मौन छ , के गर्ने सास्ती त तपाईं हामी सर्वसाधारणले खानु पर्छ लामाले भन्नुभयो।