सालझण्डीको बनकटुवामा ब्राम्हणहरुले समेत सामूहिक बंगुरपालन सुरु गरेका छन् । बाहुन र क्षेत्रीको ९ जनाको समूहले एउटा समितिनै बनाएर सालझण्डी गाविस अन्तरगत पर्ने उक्त स्थानमा विगत ६ महिनादेखि सामूहिक बंगुर तथा माछा पालन सुरु गरेका हुन् । सुरुमा एकएक लाख रुपैया लगानी जुटाएर १० कठ्ठा जग्गा लिजमा लिई काम सुरु गरिएको समितिका अध्यक्ष कमल गौतमले जानकारी दिनुभयो । उक्त जग्गाको मासिक भाडा ७ हजार ५ सय छ । सो समूहले २० वटा बंगुर तथा दुईवटा माछा पोखरीबाट व्यवसाय थालनी गरेको छ । मासु उत्पादनसंगै बंगुरका बच्चा बेच्ने लक्ष्यसहित सुरु गरिएको व्यवसायबाट रामै्र प्रगति हासिल हुने आशावादी रहेको सञ्चालक समितिका रामु अर्यालले बताउंनुभयो ।
यो फर्ममा पाल्पा, पोखरा तथा नारायणगढबाट प्रतिगोटा २५ सयदेखि ३ हजारसम्म मूल्यमा ल्याइएका ल्याण्डसिस तथा ड्यूरो जातका बंगुर पालिएको छ । बंगुरको मलमुत्र भने दुई माछापोखरीमा हाल्ने इकोसिस्टम प्रविधि अपनाइएको छ । सञ्चालकमध्येका एकजनाले आलोपालो हेरचाहा तथा दानापानी दिने व्यवस्था गरिएको छ ।
दुई माछा पोखरीमा ग्रास, सिलभर, रहु, नैनी लगायतका जातका माछा पालिएको छ ।
त्यस्तै रुपन्देहीको पर्रोहा