ईरानको आणविक कार्यक्रम रोक्न कूटनीतिक प्रयास विफल भए सैन्य कारवाही गर्नसक्ने चेतावनी अमेरिकाले दिएको छ ।
ईजरायलका लागि अमेरीकी विशेष दूत डान शापीरोले जेरुसेलममा अमेरिका सधै शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्ने पक्षमा रहेको तर आवश्यक पर्दा सैन्य कारवाही पनि हुनसक्ने बताए । ईरानमाथि सैन्य हमला गर्न अमेरिका तयारी अवस्थामा रहेको उनको भनाइ थियो ।
अमेरिका उसका मित्र राष्ट्रहरुले ईरानले आणविक वम विकाश गरिरहेको आरोप लगाउँदै आएका छन् भने तेहरानले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
ईरानको आणविक कार्यक्रम रोकाउने कूटनीतिक पहल स्वरुप जारी ६ राष्ट्र सम्मिलित वार्ता अर्को हप्ता ईराकको बग्दादामा हुने तयारी भईरहँदा अमेरिकी दूतको यस्तो चेतावनी आएको हो ।