पाणिनि महोत्सवमा दान गर्ने बढे


 

– प्रेमनारायण आचार्य


  अर्घाखाँची ५  जेठ ।  ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्थल अर्घाखाँचीको पाणिनि तपोभूमिकोप्रचार प्रसार गर्न यही जेठ १ गतेबाट शुरु भएको महोत्सव तथा महायज्ञमा दान गर्नेहरु बढेका छन । विभिन्न गाविसबाट दैनिकजसो हजारौंको उपस्थीति रहेको र दान गर्नेहरु पनि बढीरहेको प्रचार संयोजक विष्णु पोखरेलले बताए ।

 


 

शुक्रवार मात्रै कृष्ण पोखरेले ५१ हजार दानगरेका छन । त्यस्तै स्वर्गिय हिराप्रसाद पोखरेलको सम्झनामा उनकी श्रीमति नन्दकलापोखरेल छोरा मोहनीलाल पोखरेल बुहारी इन्दिरा पोखरेल नातिहरु गणेशचन्द्रपोखरेल विष्णु पोखरेल र उत्तम पोखरेलको परिवारले २१ हजार १ सय २१ रुपैयाँ दानगरेको छ ।


  उपस्थीत भएकाहरुले सानो रकमदेखिआफूसक्दो दान गरेको आर्थिक समितिका संयोजक धनराज पोखरेलले बताए ।महायज्ञमा पछिल्लो दिनमा विभिन्न गाविसबाट आउनेहरु बढेको आयोजकले बताएका छन ।विहिबार र शुक्रवार अघिल्ला दिनको तुलनामा यहाँआउनेहरुको सख्या बढी रहेको प्रचार संयोजक पोखरेलले बताए ।


   श्रीमद्भागवत् प्रवचन तथाशिवपुराण अनुष्ठान वत्तिस करोड दिब्य दीप प्रज्ज्वलन पाणिनि महोत्सव तथा राष्ट्रकल्याणमहायज्ञमा सहभागिहरुले यस स्थानको महत्व ऐतिहासिक रहेको बताउदै आएका छन ।  


  जिल्ला विकास समिति अर्घाखाँचीका पूर्व सभापति तथा महायज्ञ मुल आयोजक समितिका अध्यक्ष खगेन्द्रराज पोखरेलले यसस्थानको महत्वको प्रचार गर्नमा महायज्ञ सफल हुने बताए । 


   हजारौं बर्ष पुरानो इतिहास बोकेकोपाणिनि तपोभूमिमा प्राचीन कालमा तक्षशिला बिश्वबिद्यालयका प्राध्यापक भाषा वैज्ञानिक महर्षि्र पाणिनिआइ तपस्या गरेको भन्दै आयोजकले यही कारण यस स्थानकोमहत्व बढी रहेको बताउदै आएका छन । यहाँपाणिनिले भगवान् शिवको तपस्या गरेको बताइन्छ । त्यसो त पाणिनि तपस्याका लागिउत्तरापथतिर आएको कुरा भारत तथा नेपालका विज्ञहरुले प्रमाणित गरेका छन् । शान्त रमनोरम  स्थान यस पाणिनि तपोभूमिमा आईमहर्षि पाणिनिले भगवान् शिवको तपस्या गरेका कारण यस स्थानको महत्व बढी रहेकोबुढापाकाहरुको भनाइ छ । पहाडको टुप्पोमा करिव ५ सय रोपनी समथर  भूभागको बीचमा ठूलो पुष्करिणी दहरहेको छ ।

 


 




अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.