टोप बहादुर रायमाझीलाई शान्ति मन्त्रीको जिम्मेवारी



 

काठमाडौं । प्रधानमन्त्री बाबुराम भट्टराईले विभाग नतोकिएका मन्त्रीहरुको जिम्मेवारी तोकेका छन्। उता सपथ लिएका मन्त्रीको जिम्मेवारी नपाएका टोप बहादुर रायमाझीलाई शान्ति मन्त्रीको जिम्मेवारी दिइएको छ। दलहरुबीच मन्त्रालय बाँडफाँडमा भएको सहमतिपछि प्रधानमन्त्री भट्टराईले मन्त्रीहरुका लागि जिम्मेवारी तोकेका हुन्।

 


अर्घाखाँची क्षेत्र नं.१ बाट संविधानसभाको चुनाव जितेपछि महिनामा दुई तीन पटकसम्म जिल्लामा आईरहेका रायमाझी यस अघि भौतिक योजना तथा निर्माण मन्त्री र स्थानीय बिकास मन्त्री भइसकेका छन। २०६९ वैशाख १७, आइतवारको दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्धारा चालु आर्थिक वर्ष २०६८-०६९ को फागुन मसान्तसम्म (आठ महिनामा) सार्वजनिक गरिएको प्रतिवेदनमा सबैभन्दा बढी जिल्ला भ्रमणखर्च तत्कालिन स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले गरेका छन् । उनले २०६८ फागुन ४ गतेसम्ममा रु ६ लाख दुई हजार ५८० बुझेका थिए।

 


टोपबहादुर रायमाझीको बारेमा

 



संविधानसभा-२०६४ मा प्रत्यक्ष निर्वाचन प्रणालीबाट अर्घाखाँची क्षेत्र नं. १ बाट १९ हजार ५८४ मत ल्याएर एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी)को तर्फबाट सभासद् चुनिनुभएका टोपबहादुर रायमाझी ‘अनिल’ माओवादी सचिवालय सदस्य एवं मधेस इन्चार्ज हुनुहुन्छ।

 


सपथ मात्र लिएर पछी शान्ति मन्त्रीको जिम्मेवारी पाएका टोपबहादुर रायमाझी यसअघि एमाले झलनाथ खनालको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री, भट्टराई सरकारमा स्थानीय बिकास मन्त्री हुनुहुन्थ्यो ।

 



०३६ देखि राजनीतिमा लाग्नुभएका अनिल ०४६ मा छैठौंको अध्यक्ष, वाइसीएलको संस्थापक संयोजकसमेत हुनुहुन्छ। ०४७ मा बाबुराम भट्टराईसहित पार्टी एकता गर्दा उहाँ पनि आउनुभएको थियो। उहाँ ०५४ माओवादीको पोलिटब्युरो सदस्य हुनुभयो। उहाँ प्रवासमा दुई चोटि इन्चार्ज हुनुभयो भने संकटकालमा पश्चिमाञ्चल इन्चार्ज हुनुहुन्थ्यो।

 



विरोधीका आँखामा पनि नबिझाउने मृदु भाषी र राजनीतिमै जीवनका याम गुजारेकाले आफूलाई जिताएको बताउनुहुने अनिलका राज्यको पुनर्संरचनाको बारेमा माओवादीले अघि सारेका एजेण्डा नै आफूले संविधानमा सुनिश्चित गर्ने एजेण्डा हुन्। बीएस्सीसम्मको औपचारिक शिक्षा लिनुभएका अनिल तेकान्डोका ब्ल्याक बेल्ट पनि हुनुहुन्छ।

 



अर्घाखाँची २ खाँडामा ४६ वर्षअघि जन्मनुभएका अनिल २०४८ मा पनि संयुक्त जनमोर्चाको तर्फबाट प्रत्यासी हुनुहुन्थ्यो। वहाँका परिवारका सदस्य पनि माओवादीका पूर्णकालीन हुनुहुन्छ।

 






मन्त्रीहरुको जिम्मेवारी यस्तो छ-

१ डा. बाबुराम भट्टराई प्रधानमन्त्री

उपप्रधानमन्त्रीहरू
२ विजयकुमार गच्छदार (मधेसी मोर्चा) गृह
३ नारायणकाजी श्रेष्ठ (माओवादी) बिना विभागीय
४ क़ष्णप्रसाद सिटौला (काङ्ग्रेस) रक्षा र कानुन
५ ईश्वर पोखरेल (एमाले) परराष्ट्र, कृषि र युवा तथा खेलकुद मन्त्रालय मन्त्रालय


मन्त्रीहरू
६ हृदयेश त्रिपाठी (मधेसी मोर्चा) भौतिक योजना तथा निर्माण
७ पोष्टबहादुर बोगटी (माओवादी) नागरिक उड्ययन,
८ टोपबहादुर रायमाझी (माओवादी) शान्ति
९ राजेन्द्र महतो (मधेसी मोर्चा) स्वास्थ्य तथा जनसङ्ख्या
१० वर्षमान पुन (माओवादी) अर्थ
११ दीनानाथ शर्मा (माओवादी) शिक्षा
१२ महेन्द्रप्रसाद यादव (मधेसी मोर्चा)सिंचाई
१३ राज किशोर यादव (मधेसी मोर्चा)सूचना तथा सञ्चार
१४ सुर्यमान गुरूङग (काङ्ग्रेस) स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय
१५ राधा ज्ञवाली (एमाले) ऊर्जा
१६ अनिल झा (सङ्घीय सद्‍भावना) बिना विभागीय
१७ चन्द्रदेव जोशी (नेकपा संयुक्त) भूमि सुधार
१८ परशुराम खापुङ (राप्रपा) बिना विभागीय
१९ केशवमान शाक्य (नेपाः पार्टी) विज्ञान प्रविधि मन्त्रालय
२० एकनाथ ढकाल (परिवार दल) सहकारी तथा गरीबी


तर अझै पनि चार मध्ये एक उपप्रधानमन्त्रीलाई अनि दुई मन्त्रीलाई कुनै काम दिइएको छैन। कृष्ण बेलबासे (माले), यदुवंश झा (माले समाजवादी) र बद्री न्यौपाने (चुरे भावर) १,२ दिनमा नै मन्त्री बन्दैछन्।

 

सम्बन्धित समाचार:





















अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.