अन्तरिम संविधान २०६३ बाह्रौं पटक संसोधन गरी संविधानसभाबाट एकमुष्ट रुपमा नयां संविधान पारित ढोका खुल्यो

अन्तरिम संविधान २०६३ बाह्रौं पटक संसोधन गरी संविधानसभाबाट एकमुष्ट रुपमा नयां संविधान पारित ढोका खोलिएको छ ।

 

 अन्तरिम संविधानको मौजुदा प्रावधान अनुसार नयाँ संविधानका हरेक धारा पारित गर्ने समय छोटो भएकाले छोटो प्रकृयाबाट संविधान पारित गर्नका लागि अन्तरिम संविधानको धारा ७० संसोधन गरिएको हो । संविधान संसोधन विधयेक संसदमा पेश भएको ७२ घण्टा संसोधन हाल्ने समय दिनु पर्ने प्रावधान भए पनि समय अभावका कारण नियम निलम्बन गरेर संविधान संसोधन विधेयक पारित गरिएको हो ।

 

संविधान संशोधन विधेयक पारित गर्न भएको मतदानमा पक्षमा ५ सय ३३ र विपक्षमा ३ मत परेको थियो ।

 

अव संविधासभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले नयां संविधान पारित गरिने व्यवस्था भएको छ । यसअघि संसद बैठकमा सांसदहरुले संविधान संशोधन विधेयकका बारेमा आआफ्ना धारणा राखेका थिए ।