बन्दले अर्घाखाँचीको जनजीबन प्रभाबित, बिद्यालय सुचारु

 – प्रेमनारायण आचार्य


  अर्घाखाँची ७ जेठ । नेपाल आदीवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिले आह्वान गरेको नेपाल बन्दले अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ । 


   बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने होटल तथा पसल कलकारखाना लगायत ठप्प छन् । 


तर  अर्घाखाँचीमा भने बिद्यालय शान्ती क्षेत्र घोषणा 
 गर्ने भनियता पनि बिधार्थीहरुलाई बिच बाटोबाटै फर्काइ ,



बिधालय खोल्न नदिइ र खोलिएका बिधालय पनि बन्द गर्न  लगाइ उक्त घोषणाको  कार्यान्वयन  भएको देखिएन / 






Arghakhanchi.Com’s earlier story is below.

 

बन्द्ले अर्घाखाँची जिल्लाको जनजीवन पूर्ण रुपमा प्रभाबित

 

 पहिचान सहितको संघीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त संर्घष समिति लगायतका विभिन्न संर्घष समितिले गरेको  ३ दिने बन्दका कारण बन्दको पहिलो दिन आईतवार राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ । बन्दको समयमा सवारी चलाएको र आदिवासी जनजातिको आन्दोलनको समाचार प्रसारण नगरेको भन्दै कान्तिपुर, एभिन्युज, हिमालय र सगरमाथा टेलिभिजनका सवारी साधनमा बन्द कर्ताहरुले तोडफोड गरेका छन् ।



बन्दको आव्हान गर्दै विहानैदेखि सडकमा उपस्थित भएको बन्दकर्ताहरुले कर्मचारी लिन जाँदै गरेको एभिन्युज टेलिभिजनको सवारी, पत्रिका पुर्‍याएर र्फकर्दै गरेको कान्तिपुर पव्लिकेसनको भ्यान, रिपोटिङमा जाँदै गरेका हिमालय टेलिभिजनका क्यामरा पर्सनको बाईकमा तोडफोड गरेका छन् ।



यसै गरी बन्द्ले अर्घाखाँची लगायत जिल्ला र यस्का आसपासका जिल्लाहरुको जन्जीवन पूर्ण रुपमा प्रभाबित बनेको छ/ बन्दका कारण जिल्लाबाट बाहिर जाने र आउने सम्पूर्ण लामो दुरी र छोटो दुरी र जिल्लामा चल्ने यातायातका साधन , सैक्षिक सस्था ,उधोग ब्यापार कलकारखाना बन्द भ्एका छन /



 २ दिन अघी मात्र भएको सम्पूर्ण सैक्षिक सस्थालाई शान्ती क्षेत्र घोषणा गरी पढाई सुचारु गर्न्रे शहमतिलाई बन्दकर्ताले उलघन गरी बन्द गराउदै हिंडेकाले स्कूले बिधार्थीहरु बिहान स्कूल  हिंडे पनि बिच बाटोबाटै बन्द कर्ताले   फर्काइ दिएको जानकारी डट कम लाई पराप्त भ्एको छ /

 

            


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.