काठमाडौ – शान्ति तथा पुन:निर्माण मन्त्री टोपबहादुर रायमाझीले आदिवासी जनजाति संयुक्त संघर्ष समिति र नेवा: संघर्ष समितिलाई बार्ताका लागि आह्वान गरेको छ ।
आइतवार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरी आन्दोलनकारीलाई बार्ताका लागि आह्वा गरिएको हो ।
आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आह्वान गरेको तीन दिने आमहड्तालका कारण जनजीवन प्रभावित भएपछि शान्ति मन्त्री रायमाझीले बार्ताका लागि आह्वान गरेका हुन् । RSS