प्रधानमन्त्री भट्टराईद्धारा आदिवासी जनजातिले आह्वान गरेको बन्दका क्रममा प्रेसमाथि गरिएको आक्रमणप्रति खेद ब्यक्त


 

काठमाडौ  – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आदिवासी जनजातिले आह्वान गरेको बन्दका क्रममा प्रेसमाथि गरिएको आक्रमणप्रति खेद ब्यक्त गरेका छन् । उनले नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई टेलीफोन गरी खेद ब्यक्त गरेका हुन् ।

गाउँलेका अनुसार प्रधानमन्त्री भट्टराईले प्रेस र पत्रकारका सुरक्षाका लागि सुरक्षाकर्मीलाई संवेदनशील हुन निर्देशन दिइसकेको पनि उल्लेख गरेको छ । साथै महासंघका तर्फबाट क्षतिको विवरण पठाउन आग्रह गर्दै प्रधानमन्त्रीले राज्यले क्षतीपूर्ती दिने बताएका छन् ।

यसैबीच अध्यक्ष गाउँलेले प्रेस माथि गरिएको धम्की र आक्रमणले आक्रोशित बनाएको उल्लेख गर्दै सबै सञ्चार माध्यमहरु बन्द गरिन सक्ने उल्लेख गरेका छन् । ‘यस प्रकारको घट्ना प्रति खेद ब्यक्त गर्दछु’ उनले भने, ‘सरकारसंग प्रेस र पत्रकार सुरक्षाको ब्यवस्था मिलाउन र क्षतिपूर्ती दिलाउन माग गर्दछौं ।’ RSS