श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेले पुर्व सेना प्रमुख सनथ फोन्सेकालाई जेलबाट रिहा गर्न आदेश दिनुभएको छ ।
राजापाक्षेविरुद्ध राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दर्ता गराएपछि सन २०१० मा भ्रष्टाचार तथा पदको दुरुपयोग गरेको अभियोगमा फोन्सेकालाई थुनिएको थियो । कारागार पठाईएको दुई वर्षपछि फोन्सेकालाई रिहा गर्न श्रीलंकाली राष्ट्रपति राजापाक्षे तयार हुनुभएको हो । श्रीलंकाली सेनाका पुर्व प्रमुख फोन्सेकाकै नेतृत्वमा सन् २००९ मा श्रीलंकाली तमिल विद्रोही विरुद्ध सरकारी सेनाले जीत हात पारेको थियो । २६ वषसम्म चलेको गृहयुद्ध समाप्त भएको ३ वर्ष पुगेको अवसरमा श्रीलंकाली सेनाले राजधानी कोलम्बोमा विशेष परेड समेत गरेको छ । तमिल टाईगरमाथि हात पारेको जीतको जश लिने होडमा फोन्सेका र राजापाक्षेबीचको सम्बन्ध चिसिएको थियो ।