आदिवासी जनजाति संयुक्त संघर्ष समितिले गरेको बन्दको दोस्रो दिन पनि देश भरको जन जीवन ठप्प
आदिवासी जनजाति संयुक्त संघर्ष समितिले गरेको बन्दको दोस्रो दिन सोमबार राजधानी लगायत मुलुकभरको जनजीवन ठप्प भएको छ । जातीय पहिचानसहितको राज्यको माग गर्दै गरिएको बन्दमा बिहानैदेखि यातायात, व्यापारिक प्रतिष्ठान, शिक्षण संस्था, उद्योग कलकारखाना र बजार पूर्णरूपमा बन्द भएका छन् । प्रदर्शनकारीले ठाउँ-ठाउँमा नारा जुलुस गरेका छन् ।
तराई क्षेत्रमा आदिवासी जनजाति संयुक्त संघर्ष समितिका साथै थारू संयुक्त संघर्ष समिति, बृहत् मधेसी मोर्चा र मुस्लिम संघर्ष गठबन्धन गरी चार थरीले बन्दको आह्वान गरेका छन् ।