फेरि तिम्रो मुस्कान भित्र, हराउन मन लाग्यो।
आइ लब यु कालि भन्दै, कराउन मन लाग्यो ।
होश पनि गुमाइदीने कति मिठो तिम्रो मुस्कान,
तिम्रै सामु पागल भै, बर्बराउन मन लाग्यो ।
अप्सराको के काम तिम्रो रुपको अगाडि त,
जुनको जस्तै सितल छायाँ, छराउन मन लाग्यो।
लौ हेर साथी हो सिउदो पनि खाली रै’छ,
धरो धर्म सिन्दुर पोते, भराउन मन लाग्यो ।
फेरि तिम्रो मुस्कान भीत्र हराउन मन लाग्यो
आइ लब यु काली भन्दै कराउन मन लाग्यो