आदिवासी जनजातिले गरेको बन्दको दोस्रो दिन मुलुकभरको जनजीवन ठप्प, मिडियामाथि आक्रमण जारी

Nepalese police and activists of the Nepal Federation of Indigenous Nationalities clash– कान्तिपुर

 

काठमाडौ  – आदिवासी जनजाति संयुक्त संघर्ष समितिले गरेको बन्दको दोस्रो दिन सोमबार आइतबार राजधानी लगायत मुलुकभरको जनजीवन ठप्प भएको छ । जातीय पहिचानसहितको राज्यको माग गर्दै गरिएको बन्दमा बिहानैदेखि यातायात, व्यापारिक प्रतिष्ठान, शिक्षण संस्था, उद्योग कलकारखाना र बजार पूर्णरूपमा बन्द भएका छन् । प्रदर्शनकारीले ठाउँ-ठाउँमा नारा जुलुस गरेका छन् ।

तराई क्षेत्रमा आदिवासी जनजाति संयुक्त संघर्ष समितिका साथै थारू संयुक्त संघर्ष समिति, बृहत् मधेसी मोर्चा र मुस्लिम संघर्ष गठबन्धन गरी चार थरीले बन्दको आह्वान गरेका छन् ।

 

मिडियामाथि आक्रमण

 

काठमाडौ – आदिवासी जनजाति संयुक्त संघर्ष समितिले गरेको बन्दको क्रममा दोस्रो दिन पनि मिडियामाथि आक्रमण भएको छ । राजधानी बाहिर चितवन र झापामा पत्रिका बोकेको गाडीमाथि आक्रमण गरिएको छ । ललितपुरको इमाडोलमा समाचार संकलनका लागि पुगेका केही पत्रकारमाथि कुटपिट भएको छ । त्यहाँ स्थानीय र बन्दकर्ताबीच झडप भएको थियो ।

बन्दकर्ताले ले आइतवार विराटनगरवाट पत्रिका लिएर आएको कान्तिपुर दैनिकको वा ५ च ९६२ नम्वरको गाडीमाथि झापाको केरखामा ढुंगा हानेका छन् । त्यसैगरी अन्नपूर्ण दैनिकको गाडीको सिसा समेत वन्दकर्ताले फोडेकका छन् । चितवनमा गोरखापत्र बोको गाडीमाथि आक्रमण गरिएको छ । त्यहाँ नेपाल पत्रकार महासंघका सचिव राधेश्याम खतिवडालाई कुटपिट र उनको मोटरसाईकल तोडिएको छ ।

आईतबार नियोजित रुपमा राजधानीमा पत्रकार र मिडिया हाउसका गाडीमाथि आक्रमण भएपछि त्यसको सबै क्षेत्रबाट तिव्र बिरोध भएको थियो । महासंघका अध्यक्ष राजकुमार लेखीले आइतबार प्रेसमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै त्यस्तो नदोहोरिने प्रतिवद्धता व्यक्त गरे विपरीत फेरी आक्रमण भएको छ ।

आईतबार राजधानीमा अत्यन्तै तनाव पूर्ण वातावरणमा काम गरेका संचारकर्मीले सोमबार भने त्यस्तो असहजता महशुश नगरे पनि आक्रमणका घट्ना भने छिटपुट भएकै छ । । कार्यालय तर्फ आउँदै गरेका नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई बन्दकर्ताले कोटेश्वरमा खादा ओढाएर सम्मान गरी पठाएका छन् ।

रुपन्देहीमा सञ्चारकर्मीलाई दुर्व्यवहार तथा सवारी तोडफोड

बुटवल । आदिवासी जनजाति संयुक्त संघर्ष समितिका बन्दकर्ताहरुले रुपन्देहीमा तीन जना संचारकर्मीलाई दुव्र्यवहार गर्नुका साथै उनीहरुको सवारी तोडफोड गरेका छन् ।

बन्दकर्ताहरुले रेडियो लुम्बिनी मणीग्रामका कृष्ण नेपाल, मेचिकाली दैनिकका पत्रकार तथा इन्सेक प्रतिनिधि अमृत गीरी र लुम्बिनी सामूदायीक टेलिभिजनका भरत प्रधानको मोटरसाइकल तोडफोड गरेका हुन् । बन्दमा हिड्ने तर आफ्ना समाचार नबनाउने भन्दै बन्दकर्ताहरुले नेपालको लु ६ प ८१२१ नम्बरको मोटरसाइकल मंगलापुरमा, गीरीको लु ४ प ६६५९ नम्बरको मोटरसाइकल बेलवास र प्रधानको लु ७ प ११४९ नम्बरको मोटरसाइकल जोगीकुटीमा तोडफोड गरेका हुन् ।

दोलखामा पनि पत्रकार कुटिए

दोलखा । आदिवासी जनजातिले गरेको बन्दको क्रममा चरिकोटमा प्रेसको मोटरसाइकल तोडफोड र पत्रकारमाथि कुटपीट भएको छ । कालिञ्चोक दैनिकका सम्पादक तथा एफएमका अध्यक्ष दिपक वस्नेतलाई हातपात गर्दै उनको मोटरसाइकल तोडफोड गरेका छन् । एफएममा समाचार सम्पादन गरेर फर्किएका उनलाई सोमबार विहान कुटपीट गरेको हो । प्रेस र कालिञ्चोक एफएम लेखिएको बा १९ प ५४६८ नम्बरको मोटरसाइकल तोडफोडको विरोधमा नेपाल पत्रकार महासंघ दोलखा शाखा, नेपाल आदिवासी पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ र आर्थिक पत्रकार संघले विज्ञप्ति जारी गरी भत्र्सना गरेको छ ।

समाचार संकलनमा हिडेका पत्रकारमाथि आक्रमण हुन थालेपछि महासंघको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा विरोध सभासमेत गरेको छ । पत्रकारमाथि हमला भएपछि नेपाल आदिवासी जनजाति महासंघ दोलखाका अध्यक्ष जीवन लामाले शान्तिपूर्ण आन्दोलनमा उछृङ्खल व्यक्तिहरुको घुसपैठले घटना हुन पुगेको भन्दै सभामा क्षमायाचना गरेका छन् ।

 

ललितपुरको इमाडोलमा झडप

ललितपुरको इमाडोलमा बन्दकर्ता र स्थानीयबीच भएको झडपका कारण त्यस क्षेत्रमा तनाव बढेको छ । दुवैपक्षबीच ढुङ्गा हानाहान भएको थियो । प्रहरीले हस्तक्षेप गरी दुवै पक्षलाई दुई तिर पुर्‍याएको छ । बन्द गराउँदै हिडेका समूहसंग स्थानीयले प्रतिवाद गरेपछि त्यहाँ स्थिति तनावपूर्ण भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठले ईकान्तिपुरलाई बताए । उनले अहिले स्थिति सामान्य बन्दै गएको जनाए ।

प्रहरीले बल प्रयोग गरेर दुवै पक्षलाई दुई तिर पुर्‍याएको छ । त्यसक्रममा प्रहरीले २/३ राउण्ड अश्रृग्यास र लाठी प्रहार गरेको थियो । दुवै पक्षका केही व्यक्ति घाइते समेत भएका छन् । अहिले बन्दकर्ता ग्वार्को चोकमा र स्थानीयबासी इमाडोल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । दुवै प्रदर्शनको बीचमा प्रहरीको उपस्थिति छ ।


पोखरा पनि ठप्प

लालप्रसाद शर्मा

पोखरा ८ जेठ