बुटवलका सम्पूर्ण मिडीया वन्द

– कृष्ण खनाल


बुटवल जेठ ८ ।  जातीय पहिचान सहितको संघीयताको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिको बन्दका क्रममा यस क्षेत्रमा प्रेसमाथि आक्रमण भएको भन्दै नेपाल पत्रकार महासंघ रुपन्देहीले सोमवार साँझ ५ देखि मंगलवार साँझ ५ वजेसम्म रुपन्देहीका सम्पूर्ण सचार माध्यमवाट समाचार प्रकाशन प्रसारण नगर्ने निर्णय गरेको छ ।  


  महासंघको कार्यालयमा आज वसेको पत्रकार तथा संचालकहरुको बैठकले महासंघको वन्दका क्रममा प्रेसमाथि आक्रमण भएको ठहर गर्दै असुरक्षाको महशुस गर्दै वन्दको आह्वान गरेको अध्यक्ष दिपक ज्ञवालीले वताउनु भयो ।