लकर्बी बम काण्डका मूख्य दोषी रहेका अब्दुल अल मेगराहीको ६० बर्षको उमेरमा लिबियाको राजधानी त्रिपोलीस्थित आफनै निवासमा मृत्यु भएको छ ।
सन १९८८ मा स्कटल्याण्डमा गराइएको लकर्बी बम काण्डका मेगराही मूख्य दोषी हुनुका साथै गुप्तचर बिभागका अधिकारीसमेत थिए ।
सन् १९९१ मा पक्राउ परेका मेगराहीलाई नेदरल्याण्ड्सको अदालतले सन् २००१ मा दोषी ठहर गरेको थियो । सन् २००१ देखि कारागारमा रहेपनि घातक क्यान्सरपछि उनलाई सन् २००९ मा स्कटल्याण्डको कारागारबाट सहानुभूतिका आधारमा रिहा गरिएको थियो ।
रिहालगत्तै लिबिया पुगेका उनलाई लिबियामा भब्य स्वागत गरिएको थियो । बम काण्डमा २ सय ७० जना मारिएका थिए ।