सन्धिखर्क अर्घाखाँची – आदिवासी जनजाती संयुक्त संघर्ष समितिले गरेको बन्दले जनजीवन अत्यन्तै कष्टकर बनेको छ । बन्दले खाद्यान लगायत अत्यावश्यक वस्तुहरुको अभाव भएको छ । यस अघि विभिन्न समुहले गरेको बन्दसँगै जिल्लामा खाद्यान भित्रिन सकेको थिएन । बन्दको मौका छोपी व्यापारीले सामानको मुलय तेब्बर बनाएका छन ।
आईतवार देखि जिल्लाका एक दर्जन भन्दा बढी बैकहरुमा कारोवार भएको छैन भने डिजेल ,पेटोल अभाव छ । बन्दले चामल दाल चिनी लगायतका अत्यावश्यक खाद्य वस्तुहरु सकिएको व्यापारिहरुले बताएका छन । बुटवल र गाउँमा उत्पादन गरेको तरकारी बजारसम्म ल्याउन नसक्दा तरकारीको अभाव देखिएको छ । कतैबाट जुटाएको तरकारी महगो भएको छ ध्य सीमि ५० रुपैयाँ किलो तनेबोडी १ सय २० गोभी ५० रुपैयाँ टमाटर १०० रुपैया पुगेको सन्धिखर्कका तरकारी बिक्रेता तिलक केसीले बताए । खाना पकाउने ग्यासको अभाव छ । केही व्यापारीले लुकाएर राखेका ग्यासलाई प्रतिशिलिण्डर २ हजारसम्ममा बिक्री गरेको पाईएको छ ।
२ वटा आयल निगमहरुले शनिवारदेखि पेट्रोल डिजल सकिएको बताएको भुसाल आयल निगमका संचालक वसन्त भुसालले बताए । बन्द खुलेर नल्याउँदासम्म तेल दिन नसकिने उनले बताए । नीजि सवारी साधन र एम्बुलेन्सले विरामीसँग तेब्बर भाडा असुलेको गुनासो छ । बैकहरुले कारोवार नगर्दा सर्वसाधारण मर्कामा परेका छन ।
बैकबाट रकम झिक्न र विदेशबाट आएको रेमिटयान्स नपाएपछि सर्वसाधारण मर्कामा परेका हुन । बन्द शान्तिपुर्ण भएपनि सबै ठप्प हुँदा जनताको दैनिक जीवन कष्टकर बनेको छ ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.