बन्द तेस्रो दिन पनि जारी, देशभरको जनजीवन कष्टकर बन्दै

बन्द तेस्रो दिन पनि जारी, देशभरको जनजीवन कष्टकर बन्दै

 आदिवासी जनजाती संयुक्त संर्घष समितिले आव्हान गरेको बन्दका कारण आज तेस्रो दिन पनि देशभरको जनजीवन प्रभावित भएको छ । राजधानी लगायत देशभरका जिल्लाहरुमा सवारीका साधन गुडेका छैनन् भने उद्योग कलकारखाना, शिक्षण सस्था ठप्प रहेका छन् ।

सुदूर पश्चिम तथा तराईका विभिन्न जिल्लाहरुमा विगत लामोसमयदेखि विभिन्न समूहले गरेको चरणबद्ध आन्दोलनका कारण त्यहाँ जनजीवन थप कष्टकर भएको छ ।

यसैबीच आन्दोलनकारीहरुले काठमाण्डौंको ग्वार्कोमा प्रदशन गरिरहेका छन् भने इमाडोलमा जातिय सद्भाव कायम राख्नुपर्ने भन्दै स्थानियबासीले खबरदारी गरिरहेका छन् ।

यता सरकार र आन्दोलनकारीबीच सोमबार भएको वार्ता विना निष्कर्ष सकिएपछि आज फेरि अर्को चरणको बार्ता हुने भएको छ । शान्ति मन्त्रालयमा केहिबेरमा हुने बार्तामा आन्दोलनकारीहरुले राखेको मागका बारेमा छलफल हुने तयारी रहेको बताईएको छ । यता आन्दोलनरत आदिवासी संयुक्त संर्घष समितिले पनि बार्तामा प्रस्तुत गर्ने एजेण्डाका बारेमा आन्तरीक छलफल गरिरहेको आदिवासी जनजाति संयुक्त संर्घष समितिले जनाएको छ ।