भारतको आन्द्र प्रदेशमा रेल र मालवाहक गाडी एकआपसमा ठोक्किंदा १५ जनाको मृत्यु भएको छ ।
आन्द्र प्रदेशको हुबलीबाट बैंगलोर गइरहेको हम्पी एक्सप्रेसको रेल अनिन्त्रित भएर बाटोमा रोकीराखेको मालबाहक गाडीमा ठोक्किएको थियो ।
मृत्यु हुनेमा चार महिला र तीन जना बालबालिका छन् । दुर्घटनामा थुप्रै यात्रु रेलको डिब्बामा फसेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।