जनजाति संगठनलाई उचालेर देश ठप्प पारेका माओवादी पुष्पकमल दाहाल निवासमा भारतीय राजदुत


 

नयांदिल्लीबाट फर्किए लगत्तै भारतीय राजदुत जयन्त प्रसाद एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाट छिरेका छन् ।


जनजाति संगठनलाई उचालेर देश ठप्प पारेको र एधार प्रदेशको सहमति भांडेको आरोप खेपिरहेका प्रचण्ड निवासमा भारतीय दूत पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।


दुई जनाबीच के छलफल भयो भन्नेबारेमा हामी जानकारी प्राप्त हुनासाथ पाठकहरुलाई सूचित गर्नेछौ ।


यसैबीच, एकीकृत माओवादी र मधेसी मोर्चाबीच संविधानका विवादित िवषयमा सहमति खोज्ने सहमति भएको छ ।
त्यसका लागि आजै चार दलको बैठक बस्ने भएको छ । यस्तै संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठक पनि बस्दैछ ।