लाजै पचाएर दलहरुले संविधान सभाको म्याद तीन महिना थप्न प्रस्ताव लैजाने

– माधव ढुङ्गेल

 

काठमाडौं – लाजै पचाएर दलहरुले संविधान सभाको म्याद तीन महिना थप्न प्रस्ताव लैजाने भएका छन्। सिंहदरवास्थित प्रधानमन्त्री कार्यालयमा भएको चार दलको बैठकमा यस्तो प्रस्ताव लैजाने सहमति भएको हो। केहीबेरमा बस्ने मन्त्रिपरिषद्को बैठकले संविधान सभाको म्याद तीन महिना बढाउनेगरी संसद्‍मा विधेयक दर्ता गर्ने निर्णय गर्दैछ।

कांग्रेस महामन्त्री विमलेन्द्र निधिका अनुसार सरकारमा चारै शक्ति सहभागी भएकाले सरकारले विधेयक दर्ता गर्न लागेको र यसमा चारै शक्तिको समर्थ रहने जानकारी दिए।


यसअघि एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीमाझ सत्य कुरा नबताइ पन्छिएका थिए।