संविधानसभाको म्याद तीन महिना थप्ने सहमतिको काँग्रेस सभापति कोइरालाद्धारा विरोध

– कुलचन्द्र न्यौपाने

 

काठमाडौ – दलहरुको बैठकमा ‘रिजर्भेसन’ सहित संविधानसभाको म्याद तीन महिना थप्न सहमति जनाएको काँग्रेस सभापति कोइरालाले आफ्नै निवासमा पत्रकार सम्मेलन गरी त्यसको विरोध गरेका छन् ।

कोइरालाले जेठ १४ भित्रै सहमति गरेर संविधान बनाउनु पर्ने भन्दै कुनैपनि हालतमा संविधानसभाको म्याद थप्न नसकिने बताएका हुन् । यसअघि दलहरुबीच बैठकपछि काँग्रेसकै नेता बिमलेन्द्र निधिले ‘रिजर्भेसन’ सहित तीन महिना म्याद थप्नका लागि सहमति जनाएको बताएका थिए ।

त्यसैको आधारमा मन्त्रिपरिषद्ले विद्येयक दर्ता गर्नेसमेत निर्णय गरेको थियो ।