सन्धिखर्कमा विशाल मशाल जुलस

– मनोज के.सी

 

– एक कम्युनिस्ट पार्टीले आव्हान गरेको जिल्ला स्तरको आमसभाको पूर्व सन्ध्यामा पश्चिम नेपालको अर्घाखाँची जिल्लाका अनेकौ गाउँहरु लगायत नगरपालिका सन्धिखर्कमा विशाल मशाल जुलुश निकालिएका छन।

 


सन्धिखर्कमा निकालिएको विशाल मशाल जुलुश तस्बिर: फाइल/अर्घाखाँची डट्कम

 

राती अबेरा प्राप्त समाचार अनुसार समयमै संविधान निर्माण र संघीयताको खारेजीको लागि निरन्तर संघर्ष गर्दै आइरहेको राष्ट्रिय जनमोर्चाले चुत्राबेसी देखी सन्धिखर्कको शान्ती बगैचा सम्म निकालेको उक्त सभा समर्थक रात्री जुलुशहरुमा हजारौको सन्ख्यामा उसका कार्यकर्ताहरुको सहभागी रहेको थियो।

 


साथै उक्त ज्वाला प्रर्दशनहरुमा कुनै अप्रिय घट्ना भने नघटेको उल्लेख गरिएको छ। र त्यहाँको स्थानिय सुरक्षा निकायले प्रर्दशनकारीहरुको सन्ख्या बारेमा केही पनि बताएको छैन।

 


साथै थाहा भए अनुसार मसाल जुलस पछी सन्धिखर्कको शान्ती बगैचामा आयोजित कोण सभामा जनमोर्चाका जिल्ला तहका नेताहरुले संविधान निर्माणको समयसिमा नजिकिंदै जाँदा देशमा बढ्दै गैरहेको जातिवादी उन्मादका विरूद्धमा उठन सबैमा आपिल गरेका थिए।

 


र त्यहाँ मध्य रातमा बोल्ने अधिकान्स तल्लो तहका नेताहरुले संघियताको बिरोध, शिघ्र सबिधानको घोषणा लगायतका मागमा जोड दिएका थिए।

 


स्मरण रहोस् नेपालमा कुनै पनि राजनीतिक संगठन, जात, सस्था – मानिसहरुले आफ्नो माग पुरा गराउन बन्द हड्तालका बाटाहरु अपनाउने गरेको देखिन्छ। उता केही समय अगाडि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. लाई बारम्बार फोन मार्फत संघीयताको विरोधको आन्दोलन फिर्ता गर्न र अन्यथा मार्ने धम्कि दिएको घटनालाई लिएर सबिधान सभामा समेत तहल्का मच्चीएको थियो। भने देशका प्रधानमन्त्री बाबुराम भट्टराईले ति नेताको सुरक्षा व्यवस्था र धम्की दिनेको खोजीकार्य गर्ने वचन समेत दिएका थिए।

 

साथै साँझ अबेरा थाहा भए अनुसार नेपालका प्रमुख शक्तिहरुले सर्वोच्च अदालतले दिएको फैसलालाई चुनौती दिदै आगामी जेष्ठ पछी अरु तीन महिना सबिधान सभाको म्याद बढाउने भएका छन । भने सोको लागि ससदमा दर्ता समेत भएको काठमाडौं स्थित संचारमाध्यमहरुले अनेकौ स्रोतलाई हवला दिदै समाचार लेखेका छन। जातिय माग राख्दै देशको राजधानी काठमाडौं लगायत देशभर भईरहेका अनेकौ हिशाका खबर आइरहेको बेला दलहरु यसरी आफुखुसी म्याद बढाएका हुन । यस अघी राष्ट्रिय सरकार, ११ प्रदेश लगायतका बिषयमा सह्मती गरेर अगाडि बढेको बेला आकस्मिक रुपमा पुर्व विद्रोही माओवादीका प्रमुख पुष्प कमल दाहाल प्रचन्डले विभिन्न जनजाती, समुह, तराईको नाममा राजनीतिक गर्ने मधेशी मोर्चा लगायतका व्यक्तीहरुलाई सडक संघर्ष गर्न उत्तेजना गराएका थिए। भने ११ प्रदेशको सहमतीलाई तोडदै मधेशबादी समुहहरु सँग १० प्रदेशमा जाने समाजदारी गरेका थिए।  

 

तर पनि यसै सह्मतीमा राष्ट्रिय सहमतीको सरकारमा देशका काङ्रेस, अर्को कम्युनिष्ट एमाले पार्टी सरकारमा समेल समेत भएका छन । जसको नेत्रुत्व बाबु राम भट्टराईले गरेका छन । साथै ति शक्तिहरुको पुर्व सहमती, सर्त अनुसार यही जेष्ट १४ पछी देशको राष्ट्रिय निर्वाचन गराउने गरी काङ्रेसको नेत्रुत्वमा राष्ट्रिय स्तरको सरकार हुनुपर्ने छ । प्रधानमन्त्री बाबुराम भट्टराईले उक्त मिती भित्र सत्ता परित्याग गर्नुपर्ने हो। तर देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा यसै भन्न सक्ने अवस्था भने छैन ।

 

हिमालयको देश नेपालमा राजनीतिक उथलपुथल भईरहेका बेला र बषौ सम्म सबिधान नबन्दा जनताहरुमा निराश छाएको छ।  जनताले बनाउने सबिधान भने पनि चार दलका केही नेताहरुले आफुखुसी यही जेष्ट १४ मै सबिधान जारी गर्ने प्रयास भने नगरेका होइेनन ।

 

यसै सिलसिलामा जातिय माग गर्दै देश नै पूर्ण रुपमा बन्द गरिरहेका केही समुहहरुले राष्ट्रका संचारमाध्यमहरु माथि अनेकौ हमलाहरु गरेका छन। देशमा सबिधान बन्ने, नबन्नेमा आशान्का हुँदै गर्दा यि हमला भएका हुन । सोको अन्तरराष्ट्रिय संचार सस्थाले तिव्र भर्सना गरेका छन। अहिले राजधानी लगायत देशभरको सुरक्षा प्रणाली उच्च राखिएको छ। नेपालमा राजनीतिक दलका प्रमुखहरु प्रधानमन्त्री, मन्त्री हुन सत्ता परिवर्तनमा लागिरहेका छन भने आधा दर्जन बर्ष हुन लाग्दा सम्म अझै सबिधान बन्न सकेको छैन ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.