एमाले माधवकुमार नेपालद्धारा संविधानसभाको म्याद थपका लागी प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने सर्त, बढीमा एक महिना सम्म थप्न सकिने स्पष्ट

काठमाडौ, १० जेठ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद थपकालागी प्रधानमन्त्री डा बाबुराम भबट्टराईले राजिनामा दिनु पर्ने सर्त अगाडि सारेका छन् ।


रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले दुई दिनभित्रमा संविधानका सबै विवादित विषयमा सहमति गरेर प्रधानमन्त्रीले राजिनामा गरे संविधान लेखेर जारी गर्न बढीमा एक महिना सम्म संविधानसभाको म्याद थप्न सकिने स्पष्ट पारे ।


क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले भने