पाकिस्तानमा राजनैतिक पार्टीले गरेको शान्ति -यालीमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु

पाकिस्तानमा राजनैतिक पार्टीले गरेको शान्ति -यालीमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु भएको छ ।

 

अवामी तेहरिक नामक राजनैतिक पार्टीले राजधानी कराँचीमा आयोजना गरेको -यालीमा अज्ञात ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बताईएको छ ।

 

घटनामा थुप्रै घाइते भएका छन् । अवामी तेहरिक पार्टीले आयोजना गरेको शान्ति -यालीमा पाकिस्तानका अन्य पार्टीका कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो । दुई हजारको संख्यामा पार्टीका कार्यकर्ता रहेको -यालीमा गोली प्रहार लगत्तै भागदौड मच्चिएको थियो । गोली प्रहार गर्ने ब्यक्ति भने फरार छन् । घटनापछी पाकिस्तानभर सुरक्षा ब्यबस्था कडा तुल्याइएको छ ।