इजिप्टमा राष्ट्रपति पदका लागि आज चुनाव हुँदैछ । लामो सघर्षपछि होस्नी मुबारकलाई राष्ट्रपति पदबाट हटाइएपछि पहिलोपटक यो चुनाव हुन लागेको हो ।
दुई दिनसम्म हुने राष्ट्रपति चयनको यस चुनावप्रति इजिप्टका जनता निकै उत्साहित भएका छन् । १२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
त्यसमध्ये चार जनाबीच मूख्य प्रतिष्पर्धा हुने बताइएको छ । जसमा होस्नी मुवारकको शासनकालमा मन्त्री रहेका एक जना छन् । १८ दिनसम्म चलेको जनआन्दोलनको वेगले मुबारकलाई पद त्याग्न बाध्य पारेको थियो ।
अहिले मुबारक विभिन्न मुद्दाको सामना गरिरहेका छन् भने उनको अन्तिम सुनुवाई आगामी जुनमा हुनेछ ।