सरकारले फेरि संविधानसभाको म्याद तीन महिना थप्न प्रस्ताव गरेकोमा नागरिक समाजद्धारा आपत्ति

सरकारले फेरि संविधानसभाको म्याद तीन महिना थप्न प्रस्ताव गरेकोमा नागरिक समाजले आपत्ति जनाउँदै उक्त प्रस्ताव तत्काल फिर्ता लिन सरकार र दलहरुसँग माग गरेको छ ।

 

चौतर्फी विरोध र असहमति हुँदाहुँदै सरकारले फेरि तीन महिना संविधानसभाको म्याद थप्ने प्रस्ताव गरेकोमा अधिकारकर्मीहरुले आपत्ति जनाएका हुन् ।

 

अधिकारकर्मीहरुले आज निकालेको विज्ञप्तिमा जनताबाट दुई वर्ष म्याद पाएर पछि फेरि आफुखुशी लम्ब्याइएको चार वर्षे म्यादको समयसीमा जेठ १४ गते सकिन लागेका बेला संविधान बनाएर जनताबीचमा पु