– विनिता दाहाल, नागरिक
काठमाडौं, जेठ १० – संविधान सभाको म्याद तीन महिना थप्ने मन्त्रिपरिषदको प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा तीन वेग्लावेग्लै रिट दायर भएका छन्। संविधानको धारा ११६ अनुसार सर्वोच्च अदालतको फैसला मान्नुपर्ने प्रावधान रहेको भन्दै उनीहरुले सरकारको प्रस्तावविरुद्ध रिट दायर गरेका हुन्।
छ महिनाअघि सर्वोच्च अदालतले जेठ १४ पछि संविधान सभा स्वत विघटन हुने फैसला सुनाएको थियो।
हिजोमात्रै मन्त्रिपरिषद्ले तीन महिना म्याद थप गर्न प्रस्ताव लैजाने निर्णय गरेको थियो। प्रस्ताव लगत्तै राष्ट्रपति र प्रधान मन्त्रीबीच यो विषयमा छलफल भएको थियो। सरकारको निर्णयको विरोध जनाउँदै नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले म्याद थपको विरोध जनाएका थिए।