राष्ट्रिय जनमोर्चाद्धारा सन्धिखर्कमा संघीयता विरोधी जनसभा, जातीय राज्यले देशै विलय भएर जाने केसीको भनाई

– वीरेन्द्र केसी


सन्धिखर्क, अर्घाखाँची – राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले जातीय पहिचान सहितको राज्यले कुनै बेला देशै विलय भएर जाने खतरा रहेको बताए । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनजातीहरुलाई उकासेर देशमा जातीय द्धन्द्ध निम्ताउन लागि परेको आरोप लगाए ।

 

राष्ट्रिय जनमोर्चाले सन्धिखर्कमा बुधवार गरेको संघीयता विरोधी जनसभालाई सम्बोधन गर्दै केसीले माओवादीले आफनो सरकारको कुर्ची टिकाईराख्न जे पनि गर्दा देश वर्बादिको दिशामा गएको बताए । सत्तामा बस्न भारतको ईशारामा जातीय पहिचान सहितको संघीयतामा देशलाई विभाजन गर्दा जाती जातीबीच काटकाट र मारामार हुने स्थिति आउने र नेपाल कुनै देशसँग विलय गराउन माओवादीले राष्टघाती काम गरेको आरोप लगाए । विदेशीहरुले जातीय द्धन्द्ध मच्चाउन जनजातीहरुले ८४ करोड रुपैयाँ खर्च गरेर नेपालमा जातीय द्धन्द्ध चर्काउन उस्काएको आरोप लगाए ।

 
उनले जातीय पहिचान सहितको संघीयताले देश टुक्राउने हुँदा यसलाई खारेज गर्नुपर्ने बताए । राजमो कुनै स्वार्थ कार्यकता बढाउन र सत्तामा जान नभई राष्ट जोगाउनको लागि संघीयता विरोधी आन्दालन गरेका बताउँदै राष्टघातीहरुले चित्र बहादुर केसीलाई ज्यान मार्ने धम्की दिएको बताए । उनले भारतीय राजदुत जयन्त प्रसादले पुष्पकमल दाहाललाई भेटेपछि तीन महिना संविधानसभाको म्याद थप्ने कुरा गरेको आरोप लगाए ।


अब दाहालले कुनै विदेशी देशको नागरिकता देखाएर नेपाल छाडे कुनै नौलो कुरा हुँदैन उनले भने राष्टिय हितको भन्दा विदेशी स्वार्थको ईशारामा जनतालाई विश्वासघात गर्न लागे ।

 

सभामा राजमोका केन्द्रिय सल्लाहकार कृष्ण आचार्य अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कल्पना पोखरेल युवक संघका केन्द्रिय सदस्य बाबुराम पंथी अखिल छौठोका जिल्ला अध्यक्ष कुलराज खनाल लगायतले संघीयताले देश टुक्राउने भन्दै खारेजीको माग गरेका छन ।

 

कार्यक्रम राजमो जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्ष सचिव थम्मन केसीको संचालनमा र कोषाध्यक्ष सिद्धप्रसाद भटराईको स्वागतमा सम्पन्न कार्यक्रममा कलाकार जीवन पुन लगायतको कलाकारको टीमले राष्टयता जोगाउने खालेको जनवादी गित गाएका थिए । 

 





अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.