काठमाडौ – माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले संविधानसभाको म्याद तीन महिना थप्ने प्रस्तावप्रति गम्भीर असहमति जनाएका छन् । दुवै नेताले बुधबार संयुक्त विज्ञप्ती प्रकाशित गरी जेठ १४ भित्र संविधान जारी गर्न अधिकतम प्रयास गरिनुपर्ने बताएका छन् ।
उनीहरुले म्याद थप्ने विषयलाई अप्रत्यासित र षडायन्त्रमुलक भनेका छन् । पार्टी भित्र समेत यस विषयमा छलफल नगरिएको दुवै नेताले उल्लेख गरेका छन् । परिस्थितिको गम्भीर समिक्षा गर्दै निर्धारित मिति भित्र संविधान जारी गर्ने अधिकतम प्रयास हुनुपथ्र्यो विज्ञप्तीमा भनिएको छ सर्वदलीय राजनीतिक सहमतिबाट वैकिल्पक राजनीतिक निकास खोजिनुपथ्र्यो । दुवै नेताले जेठ १४ भित्रै वैकल्पिक राजनीतिक निकासका लागि अविलम्ब सर्वदलीय सहमतिका लागि आग्रह गरेका छन् ।
यसैबीच,विकसित घट्नाक्रमलाई हेर्दै जेठ १० गतेबाट गरिने जनपरिचालन लगायतका संघर्षका कार्यक्रम वैद्य पक्षले स्थगित गरेको छ । – कान्तिपुर