काठमाडौ – माओवादीले संविधान घोषणाको वातावरण नबनेसम्म प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिने जनाएको छ । पार्टी स्थायी समितिको बिहीबार बिहान बसेको बैठकले तत्काल प्रधानमन्त्री भट्टराईले राजीनामा दिन नहुने निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा भएको बैठकले ५ बुँदे सहमतिमा पार्टी अडिग रहेको र त्यसै अनुसार प्रधानमन्त्रीको राजीनामा आउने निर्णय गरेको छ । कांग्रेस तथा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्न सुरु गरेका बेला माओवादीले त्यस्तो निर्णय गरेको छ ।
बैठकपछि माओवादी नेता वर्षमान पुनले ५ बुँदे सहमति अनुसार संविधानको विवादित विषयमा सहमति भएर जारी गर्नु अगाडि मात्र प्रधानमन्त्रीले राजीनामा दिने बताए । उनले कांग्रेस र एमाले सहमति पनि नगर्ने र प्रक्रियामा पनि नजाने तथा संविधानसभाको म्याद पनि नथप्ने पक्षमा देखिएको बाट संविधानसभा विघटनको षडयन्त्र भइरहेको बताए । उनले संविधानसभा विघटन् भए रिक्ततताका कारण अन्यौलपूर्ण अवस्था आउने भएकाले सरकारले विकल्पका रुपमा म्याद थपको प्रस्ताव ल्याएको उल्लेख गरे ।
उनले जेठ १४ भित्रै संविधानका लागि माओवादी प्रयासरत रहेको जनाए । कांग्रेस,एमाले,मधेशी मोर्चा र साना दलसंग माोवादीले आज छलफल गर्ने भएको छ । उनले सरोकारवाला मधेशी,दलित,मुश्लिम,महिला र जनजातिलाई विश्वासमा नलिएर संविधान जारी हुननसक्ने पार्टीको निष्कर्ष रहेको सुनाए । – कान्तिपुर