गोविन्द परियार, नागरिक
काठमाडौं – सरकारमा उप प्रधानमन्त्री बनेको दुई साता नपुग्दै कङ्ग्रेस महामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले ‘नैतिकताका आधारमा सरकारमा बस्न नमिल्ने’ भन्दै पार्टी सभापतिलाई आफ्नो पदबाट राजिनामा दिएका छन्। सभापतिमार्फत् प्रधान मन्त्रीलाई राजिनामा दिन उनले राजिनामा पत्र बुझाएका हुन्।
सरकारले संविधान सभाको म्याद थप गर्न प्रस्ताव गरेपछि कोइरालाले त्यसको विरोध जनाएका थिए। कङ्ग्रेस केन्द्रीय सिमितिको बैठकलेसमेत सरकारमा सामेल हुन नहुन दवाव दिएका थिए। सिटौलाले आज बिहान कोइरालालाई पत्र बुझाएको कङ्ग्रेस नेता शेखर कोइरालाले बताए।