– मोहन बुढाऐर
धनगढी – अखण्ड सुदूरपश्चिमको माग राख्दै धनगढीमा पुनः आन्दोलन सुरु भएको छ । सरकार र तीन दलका शिर्ष नेतासंगको वार्तापछि २१ औं दिनमा स्थगित गरिएको अखण्ड सुदूरपश्चिमको आमहडताल बिहीवार देखी सुरु भएको हो ।
बिहान धनगढीको चौराहा देखि क्याम्पस रोड जनप्रर्दशन भएको छ । क्याम्पस रोडमा आयोजित कोण सभामा अखण्ड सुदूरपश्चिम आन्दोलन परिचालन समितिका संयोजक गोपाल देउवाले सरकार र माओवादीले जातीय अधारमा राज्यपुर्नसंरचना जाने भनेपछि फेरी आन्दोलनमा उत्रिनु परेको बताए । उनले अखण्ड सुदूरपश्चिमको आन्दोलन ब निस्र्कषमा नपुगे सम्म नटुंगिने बताए । बिहीबार धनगढीको बजार पुर्ण रुपले बन्द भएको छ ।
यातयात, शैक्षिक सस्था, सरकारी, गैरसरकारी कार्यलय, उद्योग कलकारखाना कैलालीमा २८ दिन देखि बन्द नै रहेको छ । बन्दले जनजीव कष्टकर भएको छ । थारुहट पक्षधरले भने बुधवार आन्दोलन फिर्ता लिएको छ ।