ईरानको विवादास्पद आणविक कार्यक्रमबारे ६ राष्ट्र सम्मिलित वहुराष्ट्रिय वार्ता बग्दादमा जारी

ईरानको विवादास्पद आणविक कार्यक्रमबारे ६ राष्ट्र सम्मिलित वहुराष्ट्रिय वार्ता आजपनि जारी रहने भएको छ । ईराकको राजधानी बग्दादमा हिजो भएको वार्ता ठोस सहमतीमा पुग्न नसकेपनि वार्तालाई निरन्तरता दिनभने दुबै पक्ष सहमत भएका हुन् ।

 

संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य राष्ट्रहरु अमेरिका, रुस, फ्रान्स, बेलायत र चीनसँगै जर्मनीका प्रतिनिधि सहभागि वार्तामा ईरानलाई विवादास्पद आणविक कार्यक्रम र युरेनीयम प्रशोधन वन्द गर्न आग्रह गरीएको छ । यसको बदलामा ईरानलाई आवश्यक पर्ने चिकित्सा सहयोग दिंदै उसको आणविक सुरक्षाको ग्यारेन्टी लिईदिने प्रस्ताव पनि वार्ता टोलीले राखेको छ ।


तर ईरानले भने आणविक प्रशोधन गर्न पाउनु आप्mनो राष्ट्रको स्वतन्त्र अधिकार भएको भन्दै यो विषयमा लेनदेन हुन नसक्ने स्पष्ट पारेको छ ।

 

दुबै पक्ष आ आप्mना अडानमा जारी रहेकोले बग्दादमा जारी वार्ता ठोस निष्कर्षमा पुग्ने संभावना निकै न्युन रहेको पश्चिमा कुटनीतिज्ञहरुको ठम्याई छ ।