लुम्बिनी प्रादॆशिक मचको आधारपत्र बारे अन्तरकि्रया, बृहत्तर लुम्बिनी प्रदेशप्रति बुद्धिजीवीहरुको जोड

–  कृष्ण खनाल 

 
बुटवल जेठ ११  ।  बृहत लुम्बिनी प्रदेश बनाउनुपर्छ भन्ने मान्यताका साथ गठन गरिएको लुम्बिनी प्रादेशिक मच नेपालले बुद्धिजीवीहरुवीच एक अन्तरकि्रया गरी आफ्नो आधारपत्र सार्वजनिक गरेको छ । 

 
  कपिलवस्तु रुपन्देही र नवलपरासीबाट उत्तरतर्फ मुस्ताङ्ग सम्मको तराई हिमाल पहाड र कालिगण्डकीसंग जोडिएका विभिन्न जिल्लाहरु तथा प्युठान समेत सम्मिलित भूगोललाई आधार मानी  बृहत लुम्विनी प्रदेश वनाउनु पर्छ भन्ने दृष्टिकोणका साथ विहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी विद्वत वर्गवीच छलफल गरिएको छ । 


  राज्यको पुनस्रंरचना हुँदा बृहत्तर लुम्बिनी प्रदेश घोषणा गर्नुपर्ने र यसभित्र विभिन्न जाति र जनजातिको साझा पहिचान आर्थिक सामथ्र्यलाई ध्यानमा राखेर यसको सीमांकन गरिनुपर्ने कुरामा अन्तरकि्रयामा सहभागीहरुको जोड रहेको छ । 


  लुम्बिनी प्रदेशका कुनैपनि जिल्ला एकल जातीय बाहुल्य नभएको बहुभाषिक र बहुसांस्कृतिक रहेको हुँदा लुम्विनी प्रदेश नामकरणका लागि विभिन्न सैद्धान्तिक र बैचारिक आधारहरु बारे अन्तरकि्रयामा व्यापक छलफल भएको छ । 


  लुम्बिनी प्रादेशिक माच नेपालका संयोजक बालकृष्ण चापागाईको अध्यक्षता तथा तिलक आचार्यको साचालनमा भएको कार्यक्रममा माचका केन्द्रीय सदस्य झपेन्द्र जि।सीको स्वागत मन्तव्य र केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।


  आधारपत्रमाथि सुझाव प्रस्तुत गर्दै दर्शनशास्त्रका विद्वान गोपीरमण उपाध्यायले मुलुक जातीय द्वन्द्वमा फस्दै जान थालेकोले लुम्विनी प्रदेश हामी सवै जाति जनजाति र धर्मावलम्वीको साझा गन्तव्य हो भन्नुभयो । 


  एनेकपा माओवादीको केन्द्रीय सल्लाहकार मेघराज ज्ञवालीले नेपाल राष्ट्रका साथै लुम्बिनी माथि पनि बैदेशिक हस्तक्षेप बढ्दै गैरहेकोले यसप्रति सजक र सचेत हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान दिन लुम्बिनी प्रदेश बनाइनु पर्ने धारणा राख्नुभयो । 

 

  अर्थविद डा।. आरसी आचार्यले यस आन्दोलनले यस क्षेत्रमा रहेका सवै आदिवासी जनजातिहरुका अगुवाहरुलाई पनि समेटेर अघि बढ्नुपर्ने वताउनु भयो । 

 

  यसैगरी भूगोलविद डा।भोजराज कडेरियाले प्रदेश विभाजन र नामकरणको ठोस आधार प्रस्तुत गर्नुपर्ने बताउँदै नदीका प्रभाव क्षेत्र किटान गर्दा अझै राम्रो हुने र हिमालदेखि तराई जोड्ने गरी ल्याइएको अवधारणा उचित रहेको वताउनु भयो । 


  नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य विष्णु पन्थीले धेरै संघहरु वनाउँदा मुलुकले प्रशासनिक खर्च जुटाउन समेत नसक्ने हुँदा बृहत्तर लुम्बिनीको अवधारणा उचित रहेको वताउनु भयो ।   

 

  लुम्बिनी अाचल कमिटीका सचिव खिमलाल भट्टराईले लुम्बिनी प्रदेशको नामकरणप्रति नेकपा एमालेको विगतदेखि नै सकारात्मक धारणा रहेको वताउनु भयो ।


  डा। माधव पन्थीले यस क्षेत्रका भाषा भाषीको उत्थान र पहिचानका लागि माच अझै स्पष्ट भएर अघि आउनु पर्ने सुझाव राख्नुभयो । 


  यसैगरी पूर्व उपमेयर विमलवहादुर शाक्यले लुम्बिनी प्रदेशका लागि स्थापना भएका सवै नागरिक अभियानहरुले एउटै संयुक्त अभियान सुरु गर्नुपर्ने सुझाव राख्नुभयो । 


  बामपन्थी बुद्धिजीवी आरसी चापागाईले राष्ट्रिय स्वाधिनतालाई ध्यानमा राखेर अगाडि वढनु पर्ने धारणा राख्दै बर्गीय शोषणका रुपहरुलाई पहिचान गरी त्यसको समाधानमा नयाँ संघहरुको ध्यानाकर्षण हुनुपर्ने वताउनु भयो । 

 

  व्यवस्थापनविद डा. इश्वर गौतमले प्रादेशिक माचको अवधारणाप्रति मर्चवारदेखि मुस्ताङसम्मका वासिन्दाबीच घनिभूत छलफल चलाउन आग्रह गर्नुभयो । 

 

  त्यस्तै लुम्बिनी प्रदेशका लागि नागरिक अभियानका संयोजक डी।आर।घिमिरेले लुम्बिनी प्रदेशको अभियानमा सवै मिलेर लाग्नुपर्ने बताउनुभयो । 

 

   मजदुर नेता काजी गुरुङले २१ औं शताव्दीमा जातीय राज्यको कुरा पछाडि फर्किने  बाटो हो र यसवाट मुलुकको प्रगति हुँदैन भन्नुभयो । लुम्विनीलाई मक्का र मदिनाजस्तै साझा केन्द्र वनाउन सकिने वताउनु भयो । 

 
  लुम्बिनी प्रदेशका लागि दबाब समूहका संयोजक महेन्द्र पाण्डेले लुम्बिनी प्रदेशको विकल्प नभएको भन्दै सम्पूर्ण समूहहरु एक जुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो । 

 

  लुम्बिनी प्रदेशको सीमाङ्कन _िव्स्तृत छलफल तथा सल्लाह सुझावबाट गर्नुपर्ने भन्दै उहाँले आफुहरुले गठन गरेको नागरिक दबाब समूह पनि लुम्बिनी प्रदेशको अभियानलाई सहयोग गर्ने उद्देश्यका साथ गठन गरिएको वताउनु भयो । 


  महिला नेतृ विमला पन्थीले समाजमा विद्यमान जातीय लैगिक र क्षेत्रीय विभेदहरुको अन्त्य हुनुपर्छ भन्दै सवै उत्पीडनमा परेकाहरुलाई समेटेर अघि वढ्नुपर्छ भन्नुभयो । 


  दलित अधिकारकर्मी बाबुराम विकले मुलुकमा १३ प्रतिशत भन्दा बढी रहेका दलितहरुको विषयमा सवैतिरवाट आवाज उठ्नुपर्ने र उनीहरुको अधिकार सुनिश्चित गरिनुपर्ने वताउनु भयो ।