काठमाडौ, १२ जेठ सर्वोच्च अदालतले संविधानसभाको म्याद नथप्ने फैसला गरेपछि नया संविधानका लागि विभिन्न समितिमा देखिएका विवादित विषयको टुंगो कसरी गर्ने भन्ने विषयमा शुक्रबार संवैधानिक समितिको विवाद समाधान उपसमितिमा छलफल हुने भएको छ ।
सिंहदरबारमा बस्ने संवैधानिक समितिको विवाद समाधान उपसमितिको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने उपसमिति सदस्य कल्पना राणले बताइन्।
संविधानसभाको म्याद जेठ १४ सम्म मात्रै भएकाले बैठकमा विवाद टुंगो लगाउने अन्तिम प्रयास हुने राणाले जनाइन् ।