काठमाडौं, १२ जेठ सर्वोच्च अदालतले संविधानसभाको म्याद जेठ १४ मा नै समाप्त हुने दोहोर्याएपछि दलहरु के गर्ने भन्नेबारे छलफलमा जुट्ने भएका छन् ।
हिजो सर्वोच्चको उक्त आदेशपछि दलहरुमा अन्योता बढेको छ । भने अब के भन्ने दलहरु हत्तारिका छन् ।
दिउँसो हुने छलफल कहाँ गर्ने भन्नेबारे टुंगो लागि नसकेको नेताहरु बताएका छन् । संविधान निर्माणमा सहमति भएका जति विषयको आधा संविधान भएपनि १४ जेठमा जारी गर्नुपर्ने बाध्यता दलहरुमा रहेको बताइएको छ ।
अहिले दलहरु आन्तरिक छलफलमा रहेका छन् ।