सात दिनभित्र सशरीर अदालतमा उपस्थित नभए प्रधानमन्त्री र सिटौलालाई एक-एक वर्ष जेल सजायको सम्भावना

सर्वोच्च अदालतको आदेश अपमान गर्दै संविधान सभाको म्याद फेरि तीन महिना थप्न संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेकोमा जवाफ दिन सात दिनभित्र सशरीर उपस्थित हुन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र तत्कालिन कानून मन्त्री कृष्ण सिटौलालाई आदेश दिएको छ ।

उनीहरु दुबैलाई अदालतको मानहानीमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ । यदि अदालतले आफ्नो आदेशको अपहेलना गरेको ठहर गरेमा दुबैजनालाई एक