सर्बत्र विबादमा परेका माओवादी पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल आज सगरमाथा चढ्ने

– भानुभक्त निरौला

 

सोलुखुम्बु  – शुक्रबारमात्रै ६० जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। बिहान १० देखि २ बजेसम्ममा ३१ जना नेपाली र २९ जना विदेशीले सगरमाथाको सफल आरोहण गरेका हुन। सगरमाथा आरोहणको सिजन सकिनै लाग्दा यत्ति धेरैको सङ्ख्यामा सगरमाथाको सफल आरोहण गरेका छन्।

 

सिजनको अन्तिम आरोहीहरु आज मे २६ तारिख (जेठ १३ गते) मा नेपाली र विदेशी गरी १ सय २८ जनाले शिखर चुम्ने लक्ष्य राखेको पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत आङदावा शेर्पाले जनकारी दिए। आज सगरमाथाको शिखर चुम्नका लागि सगरमाथाको अन्तिम क्याम्प वा सगरमाथा साउथपोलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालसहित १ सय २८ जना आरोही पुगिसकेका शेर्पाले जानकारी दिए।

 प्रचण्ड पुत्र सगरमाथातिर प्रस्थान मौसमले साथ दिएमा भोलि नै प्रकाश दाहालले सगरमाथाको शिखर चुम्ने लक्ष्य राखेका छन्। आजको सगरमाथा आरोहणमा ट्राफिक जाम हुने प्रवल सम्भावना रहेको पनि शेर्पाले बताए। आज अर्थात मे २६ तारिखपछि यो सिजनको सगरमाथा आरोहण गर्ने सिजन सकिने पनि सम्पर्क अधिकृत शेर्पाले जानकारी दिए।

 

पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल सम्मिलित भएको सो टोलीलाई यस अघि नेपाल सरकारले २ करोड दिएको बिषयमा सर्बत्र बिरोध भएको थियो । सो रकम नलिने निर्णय गरे पछि रत्नपार्कमा एक दिन चन्दा संकलन गर्न बसे पनि यो आरोहणको खर्च कसरी जोहो भयो भन्ने बारेमा कसैले पनि बताएको छैन । केही समय अघाडी प्रकाशले आरोहणको लागि ३ करोड चाहिने बताएका थिए ।