संविधान जारी गर्ने अन्तिम दिन जेठ १४ आउन केही घण्टाहरु मात्र बाँकी रहेका बेला देशभरको सुरक्षा प्रणाली उच्च


 

संविधान जारी गर्ने अन्तिम दिन जेठ १४ आउन केही घण्टाहरु मात्र बाँकी रहेका बेला राजधानीलगायत मुलुकका प्रमुख शहरहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

 

यो समयमा विभिन्न पक्षहरु आन्दोलनमा रहेको र यसले कुनै दुर्घटना नहोस् भन्नेमा सचेत रहँदै सरकारले सुरक्षा कडा बनाएको हो ।

 

अखण्ड नेपाल तथा विभिन्न जातिय राज्यको माग गर्दै पक्ष र विपक्षमा आन्दोलन भइरहेका बेला कुनैपनि समय मुलुक तनावमा नफसोस् भनेर यो सचेतता अपनाइएको हो ।

 

संविधानसभा भवन नयाँ बानेश्वर परिसरमा मात्र हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

सरकारले काठमाडौंमा मात्रै करिब १० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाल प्रहरीका ६ हजार पाँच सय र सशस्त्र प्रहरीका तीन हजार जना छन् । आवश्यकता अनुसार यो संख्या पनि बढाउन सकिने सुरक्षा निकायका प्रमुखहरुले बताएका छन् । RSS