– प्रेमनारायण आचार्य
अर्घाखाँची १३ जेठ। अर्घाखाँचीको सन्धिखर्कमा जिल्ला बाल क्लब र स्थानीय बाल क्लब सदस्यका लागि लैंगिक हिंसा अन्त्यका लागि हाम्रो भुमिका बिषयक ३ दिने तालिम आज देखि सुरु भएको छ ।
महिला तथा बालबालिका कार्यलय अर्घाखाँचीको आयोजना संयुक्त राष्ट्र संघ जनसंख्या कोष – गलाउब र जिल्ला बिकास समितिको कार्यलय अर्घाखाँचीको सहयोगमा तालिम सुरु भएको हो ।
तालिमको सहजीकरण जेण्डर प्रशिक्षक चन्द्रमणि पाण्डे र संयुक्त राष्ट्र संघ जनसंख्या कोषका जिल्ला संयोजक पुर्ण बिकले गर्नु भएकोछ ।
तालिमको उद्घाटन समारोह महिला तथा बालबालिका कार्यलयका कार्यलय प्रमुख जमुना भण्डारीको अध्यक्षता र जिल्ला बाल अधिकृत बिना प्युठानीको संचालनमा सम्पन्न भएको हो ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.