– प्रेमनारायण आचार्य
अर्घाखाँची १३ जेठ। अर्घाखाँचीको सन्धिखर्क वाड नम्बर- १ मा एकिकृत माओवादी र नेकपा एमाले पाटी परित्याग गरेर एक सय एक जना नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काग्रेस सन्धिखर्क गाविस वाड नं २ को वाड भेला तथा अन्तरकि्रया कार्यक्रममा माओबादी र एमाले परित्याग गरेर काग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा माओबादी र एमाले परित्याग गर्ने एक सय जना कार्यकर्ता लाई नेपाली काग्रेस जिल्ला कार्यसमितिका सभापति कमलप्रसाद भुसालले पाटी सदस्यता बितरण गरेर र सन्धिखर्क गाँउ कार्यसमितिका सभापति नेत्रप्रसाद भटराईले टिका प्रदान गरेर पाटी प्रबेस गराउनु भएको छ ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापतिकमलप्रसाद भुसाल सन्धिखर्क गाँउ कार्य समितिका सभापति नेत्रप्रसाद भटराई क्षेत्रिय प्रतिनिधि माधब श्रेष्ठ उमा रिजाल भुपु सैनिक संघका केन्द्रिय सदस्य रामबहादुर परियार पत्रकार नीमबहादुर रिजाल ताराबहादुर साही लक्ष्मी केसी धनबहादुर नेपाली सोधित श्रेष्ठ जुठे मियासदिफ मिया रजप मिया लोक प्रसाद श्रेष्ठ ओमबहादुर गुरुंग नारायण सोकै बिष्णु सोमै लक्ष्मण सोमै लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम वाड नं २ का सभापति तुमबहादुर सोमैको सभापतित्व र हरिबहादुर खड्काको संचालनमा सम्पन्न भएको हो ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.