सिरियामा सरकारी फौजले घेराबन्दी गरी आक्रमण गर्दा होम्स शहरमा बालबालिका सहित ९० जना सर्वसाधारण मारिए


सिरियामा पछिल्लो हिंसामा ९० सर्वसाधारण मारिएका छन् । सरकारी फौजले घेराबन्दी गरी आक्रमण गर्दा होम्स शहरमा ९० जना मारिएका हुन् । शुक्रवारे सभा सकाएर मस्जिदबाट फर्कदै गरेका दशौं हजार सर्वसाधारण नागरिकलाई चारैतिरबाट घेरेर आक्रमण गरिएको खबरहरु आएका छन् । हिंसामा १३ जना त बालबालिका मारिएका छन् । सरकारी सेनाले कतिपय घरलाई घेरामा पारेर तिनका परिवार नै सखाप पारेका छन् ।

 

एउटा घरमा सुरक्षाकर्मीले घेराबन्दी गरेर परिवारका ६ जनालाई एकैसाथ हत्या गरेको प्रत्यक्षदर्शीलाई उधृत गरेर अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले खबर दिएका छन् । शवहरु यत्रतत्र छरिएको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुलाई स्वतन्त्र रुपमा काम गर्न नदिइएकाले हिंसाको सही तथ्य पुष्टी हुन सकेको छैन । सरकारले गरेको यस आक्रमणलाई विपक्षीले आमनरसंहारको संज्ञा दिएको छ ।

 

राष्ट्रपति बसार अल असादको शासनको विरोध गर्दै प्रजातन्त्र प्राप्तिका लागि सडकमा उत्रेकाविरुद्ध सरकारी फौजले ट्यांक, मोर्टार, ठूला