माओवादी हठका कारण सहमति जुट्न नसकेको एमाले बामदेव गौतमको आरोप

काठमाडौं – तीन दल र मधेसी मोर्चाबीच सहमति जुट्न नसकेपछि सिंहदरबारमा बसेको एमालेको आन्तरिक बैठक सकिएको छ।

 

बैठकबाट बाहिरिएका एमाले नेता बामदेव गौतमले माओवादी हठका कारण सहमति जुट्न नसकेको आरोप लगाए।

 

‘अब फेरि हामी बहुपहिचानका आधारमा सहमति खोज्छौं’, उनले भने।

संविधान निर्माण प्रक्रियामा एमालैसँगै उभिएको कांग्रेसले पनि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक गरेको छ।

यता प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक सहमतिमा पुग्न नसकेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले कानुनी परामर्श गरेका छन्।

 

प्रधानमन्त्रीले बालुवाटारमा कानुनव्यवसायीहरु बोलाएर परामर्श गरेका हुन्। – नागरिक