काठमाडौ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकासले भक्कानिदै अब मुलुकमा संविधान पनि जारी नभई संविधानसभा विघठन हुन लागेको बताएका छन् । उनले काग्रेस र एमालेले संविधानका विवादित विषय सहमति गर्न लचक पनि नहुने र विवादित विषयलाई संविधानसभामा पनि लैजान नदिने निरकुंश शैलीमा प्रस्तुत भएको भन्दै यस्तो अवस्थामा संविधानसभा बच्न नसक्ने बताए । उनले संविधानसभाको राज्यपुर्नसंरचना तथा राज्यशक्तिको बाडफाड समितिले बहुमतले पारित गरेको प्रतिवेदनलाई नमानेर एमाले र काग्रेसले संविधानसभाको अपमान गरेको भन्दै काग्रेस र एमाले संविधान निर्माणका विषयमा संबेदनशिल नबनेको आरोप लगाए । उनले भने