संविधानसभाको आयु सकिन केही घण्टा मात्र बाँकी रहँदा मूख्य राजनीतिक दलहरुले संविधानका विवादित विषय सुल्झाउन प्रयास तिव्र बनाएका छन् । विवादित विषयमा सहमति खोज्न आज विहानैदेखि आन्तरिक र बहुपक्षीय बैठकमा ब्यस्त नेताहरुले अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरिरहेका छन् ।
संविधानसभाका मूख्य चार शक्ति माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको बालुवाटारमा जारी बैठकमा बहुपहिचानमा आधारित ११ देखि १३ प्रदेश बनाउनेबारे छलफल भइरहेको वताइएको छ । चार दलको बैठककै बीचमा बालुवाटारमै भएको माओवादी स्थायी समिति बैठकले आजै संविधान जारी गर्नका लागि हदैसम्म लचक हुने निर्णय गरेपछि बैठक सकारात्मक दिशामा अघि वढेको वताइएको छ ।
बैठकमा आदिवासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पा लगायतका जनजाती संगठनका अगुवाहरु पनि सहभागि छन् । बैठकमा काँग्रेसले १३ प्रदेशको प्रस्ताव गरेको छ । जाती र अन्य आधार समेत हुने गरी प्रदेशको नाम तय गर्ने विषयमा पनि दलहरु सहमति नजिक पुगेको स्रोतको दाबी छ । अहिले पनि सबै दलले आन्तरिक छलफल गरिरहेका छन् ।
आन्तरिक छलफल सकिए लगत्तै चार दलको बैठक बस्नेछ । यसैबीच, संविधानसभाको म्याद सकिनै लाग्दा रणनीति तय गर्न भन्दै माओवादी उपाध्यक्ष मोहन बैद्य पक्ष आन्तरिक बैठकमा जुटेको छ । काठमाण्डौको बुद्धनगरमा भइरहेको बैद्य पक्षको भेलाले जातीय पहिचानसहितको १४ प्रदेश बनाउनेपर्ने अडान दोहो