दिलीप पौडेल
बाग्लुङ – संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा संघीयता आवश्यक नभएको पुष्टी भएको बताएका छन्। माओवादीको कारण संविधान सभा विघटन भएकोमा चिन्ता व्यक्त गर्दै मुलुकमा गम्भिर संकट सृजना भएको बताए।
केसीले संविधानसभाले संविधान दिन नसकेमो दुख व्यक्त गर्दै मुलुक ध्वस्त हुनबाट जोगिएको टिप्पणी गरेका छन्। ‘माओवादीले मुलुकलाई जातीय संघीयतामा लगेर ध्वस्त पार्ने षडयन्त्रमा थियो,’ केसीले सोमबार विहान नागरिकसँग भने, ‘कांग्रेस, एमाले जातीय संघीयता स्विकार नगरेर मुलुकलाई ध्वस्त हुनबाट जोगाए।’
केसीले संविधान सभा विघटन हुँदा गणतन्त्र संस्थागत हुन नसक्ने बताए। ‘मुलुकमा झन् राजनीतिक तरलता बढ्यो,’ उनले भने,’ माओवादीले चलाखीपुर्ण रुपमा निर्वाचनको घोषणा गरेको छ त्यो वैधानिक छैन। हामीलाई मान्य हुँदैन।’