संबिधान सभाबाट संबिधान घोषणा नभएपछि जनआक्रोश बढ्दो छ । जनजाति संगसंगठनले आजै राजधानीमा विरोध कार्यक्रम राखेका छन् भने देशभर स्वतस्फूर्तै रुपमा विरोधका कार्यक्रम सुरु भएको छ, आज बिहानैदेखि ।
आज धनगढीमा संविधान बनाउन अयोग्य घोषित गर्दै संबिधान सभा सदस्यहरु, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा। बाबुराम भट्टराईको पुत्ला दहन गरिएको छ ।
३१ दिनदेखि आन्दोलनरत अखण्ड सुदूरपश्चिम पक्षधहरुले चारवर्षसम्म राज्यको ढुकुटीबाट तलबभत्ता खाएर पनि संबिधान जारी नगरेको भन्दै धनगढीको एलएनचौकमा दलका नेता र सभासदहरुप्रति रोष प्रकट गर्दै आन्दोलनकारीहरुले पुत्ला दहन गरेका हुन् ।
सभासद र नेताहरुलाई जिल्ला प्रबेशमा रोक लगाउने उनीहरुले चेतावनी दिएका छन् । RSS