पत्रकार गाउंलेलाई पुत्र लाभ, नाम सविधान राख्ने निर्णय

अर्घाखाँची – अर्घाखाँची डट्कम् का मध्यपुर्व स्थित प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउले लाई पुत्र लाभ भएको छ ।

करीब २४ बर्षिय गाउले बिगत ६ बर्ष अघी (स्थापना काल देखी ) यस् डट्कम् मा आबद्द पत्रकार हुन । उनलाई गत बिहीवार (जेष्ठ ११ ) नेपाली समय अनुसार साझको ६ बजेर पच्चीस मिनेट जादा रुपन्देहीको बुटवल स्थित लुम्बिनी अञ्चल अस्पातलमा पुत्र लाभ भएको हो ।

अर्घाखाँची बल्कोट ३ साजबोट स्थाई बसोबास भएका गाउले र उहाको परिवार हाल बुटवलमा बसोबास गर्ने गर्नुहुन्छ । यधपी पत्रकार गाउले भने प्राय: देश बाहिर रहनुहुन्छ । गाउले र उहाकी पत्नी सम्युत्त अरब एमिरेट्स दुबइमा कार्यरत हुनुहुन्थ्यो ।

गाउले दुई बर्ष अघी मात्र बुटवल कालिकानगरकी अनुराधा लम्साल सग बैबाहिक जीवनमा बाधिनु भएको हो ।

यसैबिच गाउलेले आफ्ना पुत्रको नाम “संविधान” राख्ने निर्णय गरेका छन । देशमा राजनीतिक दलले ४ वर्षसम्म सविधान दिन नसकेको भन्दै आफुले आफ्नो छोराको नामनै “संविधान”  राख्ने निर्णय गरेको डट्कम् लाई बताए । उता डट्कम् प्रमुख मेहरसिह केसी  ले गाउले लाई पुत्र लाभ भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै पुत्र “संविधान”को  उज्ज्वल भबिश्यको कामना समेत गर्नु भएको छ । गाउलेले आफ्ना छोराको नाम “संविधान”  राखेर नमुना काम गरेको टिप्पणी केसीको छ ।   

उता सम्युत्त अरब एमिएरेट्स दुबइमा रहेको अर्घाखाँची संपर्क समितीका अध्यक्ष राजु खड्काले समेत गाउले र उहाको परिवारमा भएको प्रगतीको हार्दिक शुभकामना ब्यत्त गरेका छन । एक प्रेस बिज्ञप्ती मार्फत आफ्नो समितिका एक प्रहरेदार गाउले लाई पुत्र लाभ भएकोमा खड्काले खुशीका साथ शुभकामना दिएको बताएका छन । गाउले अर्घाखाँची संपर्क समिती  यूएई स्थापना गर्ने मध्येका एक नेत्रित्वकर्ता हुन । देशका राजनितिक दल र त्यसका नेताले ४ वर्ष सम्म सम्विधान दिन नसके पनि गाउले ले ९ महिनामै सम्विधान दिएकोमा आफुहरु खुशी भएको खड्काले टिप्पणी गरे ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.