एमाले ताजा निर्वाचनमा जान तयार (प्रेस विज्ञप्तिको पूर्ण पाठ)
जेष्ठ १५ गते, २०६९ मा प्रकाशित
काठमाडौं – संविधानसभा भंग भइसकेको अवस्थामा संविधानसभाबाटै नयाँ संविधान जारी गर्न एमाले ताजा निर्वाचनमा जान तयार भएको छ ।
पछिल्लो अवस्थाबारे सोमबार कानुन व्यवसायीसँग भएको छलफलपछि विज्ञप्ती जारी गर्दै एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक सहमतिको आधारमा ताजा निर्वाचनमा जान तयार रहेको बताएका हुन् ।