संविधान नै नबनी संविधानसभा भङ्ग भएपछि उत्पन्न संकट व्यवस्थापन गर्न राष्ट्रपतिद्धारा अब खेल्ने भूमिकाबारे चासो

Photo8संविधानसभा भङ्ग भएपछि उत्पन्न राजनीतिक एवं संवैधानिक संकटको निकासको निम्ति राष्ट्रपति रामवरण यादवले सर्वसम्मतीको बाटोमा लाग्न सबै दलहरुलाई सुझाव दिने संभावना रहेको उनका कानुनी सल्लाहकारले बताएका छन्।


त्यसका निम्ति राष्ट्रपतिले मंगलबारदेखि विज्ञहरुसंग परामर्श थाल्नसक्ने उनका प्रेस सल्लाहकारले बताए।




संविधानसभा भंङ्ग गरेर निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री बाबुराम भट्टराईको कदमलाई लिएर चिन्ताहरु व्यक्त भइरहँदा राष्ट्रपतिका सल्लाहकारहरुले त्यस्तो संकेत दिएका हुन्।


संविधान निर्माण गर्ने काम नै नसकी संविधानसभा भङ्ग भएकोप्रति राष्ट्रपतिले सोमबार गणतन्त्र दिवसका अवसरमा दिएको सन्देशमा आफ्नो गहिरो चिन्ता सार्वजनिक गरिसकेका छन्।


अन्तरिम संविधानको संरक्षक एवं पालकको हैसियतले राष्ट्रपतिले अब खेल्नु पर्ने भूमिकाका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसंग परामर्श गरेर सबैलाई सहमतिको बाटोमा लाग्न प्रेरणा दिन सक्ने उनका कानुनी सल्लाहकार सुर्य ढुंगेलले बताए।